१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २६ सोमबार
  • Monday, 09 June, 2025
चित्तरञ्जन दास
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २६ सोमबार o९:o९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिसिक्यामेरा बन्द गरेर तीन हजार लिटरभन्दा बढी डिजेल अनियमितता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २६ सोमबार o९:o९:oo

नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय पोखराका तत्कालीन प्रमुख चित्तरञ्जन दाससहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । सिसिक्यामेरा नै बन्द गरेर डिपोबाट तीन हजारभन्दा लिटर बढी डिजेल अवैधानिक रूपमा ढुवानी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

व्यवसायीसँगको मिलेमतोमा डिपो प्रमुख दासले स्वीकृत अर्डरभन्दा बढी डिजेल ढुवानी गरेको भेटिएको छ । बढी ढुवानी गरेको डिजेलको मूल्यबराबरको रकमलाई बिगो कायम गरेर गण्डकी प्रादेशिक कार्यालय पोखराका कार्यालय प्रमुख र ट्यांकरचालकविरुद्ध मुद्दा दायर भएको हो । यो घटना दुई वर्षअगाडिको हो । कार्यालयले पेट्रोलपम्पबाट आएको डिजेलको अर्डर स्वीकृत गरेको थियो । कार्यालयले पश्चिमाञ्चल ट्रेडर्सले गरेको १२ हजार लिटर पेट्रोलियम पदार्थको अर्डर स्वीकृत गरेको थियो ।

ट्रेडर्सले निगमको खातामा आइपिएस गरेर पैसा जम्मा गरिदिएको थियो । निगमको खातामा रकम जम्मा भएपछि बिल–भौचर तयार गरिएको थियो । यसपछि ट्रेडर्सले पेट्रोलियम पदार्थ लिन ट्यांकर पठाएको थियो । यसपछि डिप र सिल गर्ने जिम्मेवारीमा रहेका गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुंगाना र लक्ष्मण रानाभाटले मिलेमतो गरे । यसमा २५ साउन ०८० को इन्भोइस नम्बरअनुसार डिजेल पश्चिमाञ्चल ट्रेडर्सको ‘ग.२ख ८३६’ नम्बरको ट्यांकरमा १२ हजार लिटर डिजेल लोड गर्नुपर्ने थियो । तर, मिलेमतोमा १५ हजार ३८ लिटर लोड गरियो ।

डिजेल लोड गरेर सिल लगाई ट्यांकर डिपोबाहिर निस्किएको थियो । यसरी स्वीकृत अर्डरभन्दा बढी डिजेल बोकेर हिँडेको ट्यांकरलाई पोखरा महानगरपालिका– २७ डाँडाको नाकामा नियन्त्रणमा लिइएको थियो । ट्यांकर चेकजाँच गर्दा १५ हजार ३८ लिटर डिजेल देखिएको थियो । बिलमा उल्लेख भएभन्दा बढी तीन हजार ३८ लिटर डिजल देखिएको थियो । उक्त दिनको प्रतिलिटर डिजेलको मूल्य १४७.६३ थियो । यसअनुसार बढी लोड भएको परिमाणबराबरको डिजेलको मूल्य चार लाख ४८ हजार ५२५ रुपैयाँ हुन आउँछ । 

यसरी स्वीकृत अर्डरभन्दा बढी डिजेल दिएर सार्वजनिक निकाय नेपाल आयल निगमको सम्पत्तिको हिनामिना, हानि–नोक्सानी तथा दुरुपयोग गरेको पुष्टि भएको अख्तियारको आरोप छ । यस्तो कार्यमा संलग्नविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । भ्रष्टाचारजन्य कसुरमा संलग्न रहेको आरोपमा अख्तियारले निगमको गण्डकी कार्यालयका डिपो प्रमुख चित्तरञ्जन दासलाई प्रमुख प्रतिवादी कायम गरेर मुद्दा दायर गरेको छ ।