
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १, दुम्कीबासको विनयी खोलामा बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।
विनयी खोलामा एक्कासि आएको बाढीले डाइभर्सन बगाउँदा दिउँसो साढे ४ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। डाइभर्सन बगाएपछि दुवैतर्फ सडक अवरुद्ध भएको छ।
डाइभर्सन बगाएपछि रोकिएका यात्रुवाहक बस र हल्का सवारीसाधनलाई होङ्सी गेटबाट सर्दीको भित्री वैकल्पिक बाटो प्रयोग गरी डाइभर्ट गरिएको तथा मालवाहक सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ।
डाइभर्सन मर्मतका लागि समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए।