१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २२ बिहीबार
  • Friday, 06 June, 2025
२o८२ जेठ २२ बिहीबार o६:१४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बेंग्लोरको जितको खुसी मनाउँदा ११ को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २२ बिहीबार o६:१४:oo

रोयल च्यालेन्जर्स बेंग्लोरले पहिलोपटक इन्डियन प्रिमियर लिगको उपाधि जितेको खुसियालीमा बुधबार आयोजित भिक्ट्री परेडमा भागदौड मच्चिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । टाइम्स अफ इन्डियाका अनुसार बेंग्लोरको चिन्नास्वामी रंगशालाबाहिर भएको भागदौडमा ११ जनाको मृत्यु भएको र ३३ भन्दा बढी घाइते भएका छन् ।

विधान सभामा च्याम्पियन खेलाडीको सम्मान कार्यक्रम आयोजना भइरहँदा घटना भएको थियो । भिड समाल्नका लागि पुलिसले लाठीचार्ज गरेको थियो । विजयी उत्सव हेर्न आएका धेरै मानिस भागदौडका क्रममा बेहोस भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

उत्सवको एक झलक पाउन मानिसहरू रुख चढिरहेका र हाँगाहरूमा बसिरहेका थिए । कर्नाटकका डेपुटी सिएम डिके शिवकुमारले लाखौँ व्यक्तिको भिडलाई सामान्य गर्र्न प्रहरीहरू केन्द्रित भइरहेको जनाएका छन् ।

मंगलबार राति १८औँ संस्करणको आइपिएल फाइनलमा बेंग्लोरले पन्जाब किंग्सलाई ६ रनले हराउँदै पहिलोपटक उपाधि जितेको थियो । बेंग्लोरले चौथोपटकको फाइनलमा उपाधि हात पारेको थियो । 
 

छुटाउनुभयो की ?