१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:१२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्यटकका लागि नि:शुल्क सटल सेवा  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:१२:oo

नेपाल पर्यटन बोर्डले पर्यटकको सहजताका लागि नि:शुल्क सटल बस सेवा सञ्चालनमा ल्याएको छ । देशका विभिन्‍न स्थानमा देखिएको सार्वजनिक सवारीसाधन अवरोध, हडताल र यातायात सेवा अवरुद्ध भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाहिरदेखि काठमाडौंका होटेलसम्म पर्यटकलाई नि:शुल्क यात्राको सुविधा उपलब्ध गराइएको हो ।

पर्यटकको आगमन सहज र स्वागतयोग्य बनाउने उद्देश्यले सुरु गरिएको यो सेवाबाट विमानस्थलको आगमन क्षेत्रमै नेपाल पर्यटन बोर्डका प्रतिनिधिले यात्रुलाई जानकारी र सहयोग प्रदान गरिरहेका छन् ।

बोर्डले आगामी दिनमा पनि यस्ता सहज, व्यवस्थित र पर्यटकमैत्री सेवा थप विस्तार गर्दै जाने जनाएको छ । नेपाल पर्यटन बोर्डले यो पहल स्वदेश आउने पर्यटकलाई स्वागतजनक अनुभूति दिन र उनीहरूको पहिलो यात्रालाई सहज बनाउन सुरु गरेको बताइएको छ ।

छुटाउनुभयो की ?