१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:२९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईले गर्‍यो टोखा र दिक्तेल रूपाकोट मझुवागढीमा वृक्षारोपण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:२९:oo

ग्लोबल आइएमई बैंकले टोखा नगरपालिका, काठमाडौं र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङमा वृक्षारोपण गरेको छ । बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयमा एक हजारवटा फलफूलका बिरुवा रोपेको हो ।

उक्त वृक्षारोपण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रधानाध्यापक, विद्यालयका प्रतिनिधि र विद्यार्थीसहित स्थानीयहरूको उपस्थिति थियो ।

साथै, बैंकले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका विभिन्न वडामा एक हजार पाँच सयवटा बाँसका बिरुवा रोपण गरेको छ । बैंकले सञ्चालन गरेको उक्त वृक्षारोपण कार्यक्रममा खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका प्रमुख, नेपाल आर्मी र नेपाल प्रहरीका जिल्ला नेतृत्व तथा प्रतिनिधि तथा स्थानीयको सहभागिता थियो । 

बैंकले १८औँ वार्षिकोत्सवका अवसरमा मुलुकभर १८ हजार बिरुवा रोप्ने लक्ष्य लिएको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर सातवटै प्रदेशका विभिन्न स्थानमा वृक्षारोपण गरिरहेको छ । साथै, उक्त वृक्षारोपणले जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयको आय–आर्जनमा सहयोग हुने विश्वास बैंकले लिएको छ । 

छुटाउनुभयो की ?