१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:१५:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:१५:oo

सन् १९८९ : चिनियाँ सरकारले बेइजिङको तियानमेन स्क्वायरमा एक लाखभन्दा बढी मानिसले गरेको प्रजातन्त्र समर्थक प्रदर्शनलाई रोक्न सैनिक दमन गरेको थियो । प्रदर्शनमा सयौँको मृत्यु भएको थियो ।

सन् १९६५ : अमेरिकी अन्तरिक्षयात्री इडवार्ड ह्वाइट अन्तरिक्षमा पुगे । उनी अन्तरिक्षमा हिँड्ने पहिलो अमेरिकी अन्तरिक्षयात्री हुन् ।

सन् १९७३ : विश्वको पहिलो सुपरसोनिक विमान दुर्घटना । सोभियत तुपोलेभ टियु–१४४ विमान पेरिस एयर सोका क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा १४ जनाको मृत्यु भयो ।

सन् १९८२ : बेलायतका लागि इजरायली राजदूतमाथि गोली प्रहार । तत्कालीन राजदूत स्लोमो अर्गोभ प्यालेस्टिनी आतंकवादी समूहको हत्या प्रयासबाट मुस्किलले बाँचे । तर, उनलाई स्थायी रूपमा पक्षाघात भएको थियो । घटनाले १९८२ को लेबनान युद्ध निम्त्यायो ।

सन् १९९८ : जर्मनीको इस्चेडीमा बीभत्स रेल दुर्घटनामा १०१ जनाको मृत्यु । २०० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा यात्रारत आइसिई रेल पटरीबाट खसेर पुलमा ठोक्कियो, यो इतिहासमा सबैभन्दा घातक हाई स्पिड ट्रेन दुर्घटना थियो ।

छुटाउनुभयो की ?