१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १९ सोमबार
  • Thursday, 05 June, 2025
रासस सिड्नी
२o८२ जेठ १९ सोमबार १४:४२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले लिए एकदिवसीय क्रिकेटबाट सन्न्यास

Read Time : < 1 मिनेट
रासस, सिड्नी
नयाँ पत्रिका
२o८२ जेठ १९ सोमबार १४:४२:oo

विस्फोटक अस्ट्रेलियाली ब्याट्सम्यान ग्लेन म्याक्सवेलले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट करिअरको अन्त्य गरेका छन्। यद्यपि, उनले आगामी वर्षको विश्वकपलाई लक्षित गर्दै टी–२० क्रिकेटमा निरन्तरता दिनेछन्।

१४९ एकदिवसीय खेल खेलेका ३६ वर्षीय म्याक्सवेलले तीन हजार ९९० रन बनाएका छन्। उनले ५० ओभरको खेलमा शारीरिक दबाब महसुस गर्न थालेको बताए।

‘परिस्थितिमा मेरो शरीरले कस्तो प्रतिक्रिया गरिरहेको छ भनेर मैले टोलीलाई अलिकति निराश पारेकोजस्तो महसुस गरेँ,’ उनले भने, ‘मैले (छनोट समितिका अध्यक्ष) जर्ज बेलीसँग राम्रो कुराकानी गरेँ र के विचार छ भनेर सोधेँ।’

‘हामीले सन् २०२७ (५० ओभर) विश्वकपबारे कुरा गर्‍याैँ र मैले उहाँलाई भनेँ–मलाई लाग्दैन कि म त्यहाँ पुग्नेछु। अब मेरो स्थानमा अरूलाई मौका दिन र यो स्थानलाई आफ्नो बनाउन योजना बनाउन सुरु गर्ने समय आएको छ,’ उनले भने।

म्याक्सवेलको १२६ को स्ट्राइक रेट एकदिवसीय क्रिकेटमा दोस्रो उच्चतम छ, वेस्टइन्डिज हेभी हिटर आन्द्रे रसेलपछि, जहाँ उनले चार शतक र २३ अर्धशतक ठोकेका छन्। उनले आफ्नो अफ–स्पिनबाट ७७ विकेट लिएका छन्।

‘एकदिवसीय अन्तर्राष्ट्रिय ढाँचाको इतिहासमा सबैभन्दा रोमाञ्चक र प्रभावशाली करिअरहरूमध्ये एकमा ग्लेनलाई बधाई छ,’ क्रिकेट अस्ट्रेलियाका प्रमुख टोड ग्रिनबर्गले भने।

छुटाउनुभयो की ?