१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 03 June, 2025
Invalid date format १८:३२:oo
Read Time : < 1 मिनेट
समाचार

महोत्तरीबाट एकैदिन १५० किलो गाँजा बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३२:oo

प्रहरीले महोत्तरीको दुई स्थानबाट करिब १५० किलो गाँजा बरामद गरेको छ। रामगोपालपुर नगरपालिका–५, बर्दिवास–जलेश्वर सडक खण्ड र बर्दिवास नगरपालिका–५, माइस्थानबाट क्रमशः १०९.९ किलो र ४० किलो गाँजासहित दुईजनालाई प्रहरी पक्राउ गरेको हो। 

शुक्रबार साँझ जलेश्वर सडक खण्डको रामगोपालपुर चोकबाट दोलखा बैदेश्वरी गाउँपालिका–६ निवासी २६ वर्षीय दीपक दाहालले चलाएको बिएसी ८७३९ नम्बरको कारबाट १०९.९ किलो र शुक्रबार राति नै माईस्थान-गौशाला सडक खण्डबाट बा०१–०३० च ७८०५ नम्बर को सेतो इभीबाट आठ पोकामा रहेको ४० किलो गाँजासहित बर्दिवास नगरपालिका–११ का ३१ वर्षीय रंगलाल स्याङतानलाई नियन्त्रणमा लिएको हो। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी शैलेन्द्रकुमार भट्टले रामगोपालपुरबाट नियन्त्रणमा लिएको गाँजा जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय रामगोपालपुरको संयुक्त टोलीले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको बताए। बर्दिवास गौशाला सडक खण्डमा बरामद गाँजा लागुऔषध नियन्त्रण ब्युरो बर्दिवास र इलाका प्रहरी कार्यालय बर्दिवासको संयुक्त टोलीले नियन्त्रणमा लिएको बताए। 

उनले बुधबार पनि प्रहरीले २० किलो गाँजा नियन्त्रणमा लिएको बताए। 

तस्कर तथा गाँजा व्यापारीहरू विभिन्न ठाउँबाट ल्याएको गाँजा नेपाल–भारत सीमानजिक पुर्‍याउने र पछि सोही भरियाहरूको माध्यमले सीमापारि पुर्‍याउने गरेको छ। महोत्तरीकै खयरमारा क्षेत्रमा केही महिना पूर्वडिभिजन वन कार्यालयको नेतृत्वमा भएको अपरेसनमा खयरमाराको विभिन्न स्थानबाट बिघाैँ जग्गाको गाँजा फँडानी गरिएको थियो। 

छुटाउनुभयो की ?