
सबैभन्दा पुरानो व्यावसायिक संस्था चेम्बर अफ कमर्सले ७५औँ वर्षगाँठको अवसरमा हीरक जयन्तीको लोगो सार्वजनिक गरेको छ ।
चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र पूर्वअध्यक्षसमेत रहेका हीरक जयन्ती मूल समारोह समितिका संयोजक राजेशकाजी श्रेष्ठले संयुक्त रूपमा लोगो सार्वजनिक गरेका हुन् ।
चेम्बर अभियानको ७५औँ ऐतिहासिक वर्षगाँठको अवसरमा यसपटक विशेष रूपमा कार्यक्रम मनाउन लागिएको छ ।