Skip This
राष्ट्रपति पौडेल गणतन्त्र दिवस विशेष समारोहमा सरिक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति पौडेल गणतन्त्र दिवस विशेष समारोहमा सरिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३१:oo

राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा बिहीबार आयोजित विशेष समारोहमा सरिक भएका छन्।

त्यस अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाद्वारा सलामी अर्पण गरिएको थियो । कार्यक्रममा राष्ट्रिय गान र झन्डाेत्तोलन गरिएको थियो । साथै सो अवसरमा सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि संघर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको स्मरण गरियो ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू पनि सहभागी भएका थिए ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस– २०८२ अंकित ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरियो  । कार्यक्रममा विविध सांस्कृतिक झाँकी प्रदर्शन र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालबाट मार्च पास प्रस्तुत भयो ।