१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १२ सोमबार
  • Wednesday, 28 May, 2025
डिलाराम भुसाल कपिलवस्तु
२o८२ जेठ १२ सोमबार १o:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खाना पकाउने क्रममा आगलागी हुँदा दाजुबहिनीको मृत्यु

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८२ जेठ १२ सोमबार १o:४८:oo

कपिलवस्तुको शुद्धोधन गाउँपालिका– ५, जयनगरमा ग्यास सिलिन्डरबाट खाना पकाउने क्रममा आगलागी हुँदा दाजुबहिनीको मृत्यु भएको छ। आइतबार साँझ घरमा खाना पकाउने क्रममा ग्यासको रेगुलेटर खराब भएपछि आगो लागेको  कपिलवस्तु प्रहरी बताएको छ।  

ग्यास लिक भएर आगलागी हुँदा १८ वर्षीया सोनम यादव र उनका दाजु २५ वर्षीय शिवकुमार यादव गम्भीर घाइते भएका थिए। घाइते दुवैलाई आइतबार राति उपचारका लागि युनिभर्सल मेडिकल कलेज, भैरहवा पठाइएको र  थप उपचारका लागि परिवारले सोनम र शिवकुमारको भारतको गोरखपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको  कपिलवस्तुका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मोहनमणि अधिकारीले  बताए ।

मृतक सोनम राष्ट्रिय उमावि मुरफुटवामा कक्षा १० मा अध्ययनरत थिइन्। दुवैको शव भीम अस्पताल भैरहवामा राखिएको  बताएको छ ।