१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 28 May, 2025
Invalid date format o९:३७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वराष्ट्रपति भण्डारीद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको सम्मेलनलाई सम्बोधन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:३७:oo

चीनको १० दिने भ्रमणका क्रममा आइतबार राजधानी बेइजिङ आएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँग संवाद सम्मेलनलाई  आज सम्बोधन गरेकी छिन्। उनले एमाले स्वर्गीय नेता मदनकुमार भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाददेखि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले प्रस्तात गरेको समृद्ध नेपाल सुखी नेपालीको नाराको चर्चा गरेकी छिन्।

उनले नेपालका दल र चिनियाँ कम्युनिस्ट पार्टीबिच नीति संवादका लागि संस्थागत संरचना बनाउनुपर्ने, विषयगत संवाद वृद्धि हुनुपर्नेमा जोड दिएकी छिन् । युवा नेताहरूबिच आदान–प्रदान बढाउनुपर्ने, क्षेत्रीय शान्ति र स्थायित्वमा दलहरूको भूमिका खोजिनुपर्नेमा पनि उनको सुझाव थियो ।  चिनियाँ कम्युनिस्ट पार्टीले सुरु गरेको छिमेकका दलहरूसँगको संवाद एसियाको पुनर्जागरण रहेको उनको भनाइ थियो । उनले भनिन्, ‘एसियालाई अब शान्तिको प्रवक्ता, आपसी सहयोगको केन्द्र र विकासको इन्जिन बनाउनुपर्छ ।’  देशहरूभिन्न अस्तित्वमा रहे पनि विकासमा एक–आपसको अभिन्न अंग बनाउनुपर्ने उनको सुझाव थियो । 

उनले चीनसँग बराबरी, पारदर्शी, दीर्घकालीन सम्बन्ध चाहेको पनि बताइन्। एमाले र सिपिसीबिच विचार, व्यवहार र रणनीतिक सम्बन्ध रहेको पनि उनको भनाइ थियो । उनले नेपाल एक चीन सिद्धान्तमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारेकी छिन्। पूर्वराष्ट्रपति भण्डारीले आज उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ। चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओले पनि कार्यक्रमलाई सम्बोधन  गरेका थिए । 

पूर्वराष्ट्रपतिको भ्रमण दलमा एमाले सचिव तथा परराष्ट्र विभाग प्रमुख रहेका पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, एमाले नेता एवं पूर्वमन्त्री कर्णबहादुर थापा, एमाले सांसद देवी भट्टचन, एमाले नेतृ एवं पूर्वसांसद गोमा देवकोटा, स्वर्गीय मदन भण्डारीका भाइ डा. कैलाश भण्डारी, भण्डारी राष्ट्रपति हुँदाका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी र सार्वजनिक प्रसारण संस्थानका अध्यक्ष डा. महेन्द्र विष्ट सहभागी छन् ।
भण्डारी मंगलबार गान्सु प्रान्त हुँदै सिचुआनको छेन्दु भएर १९ जेठमा स्वदेश फर्किने  कार्यक्रम छ ।