१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ११ आइतबार
  • Sunday, 25 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ ११ आइतबार १८:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भण्डारीको चीन भ्रमण पूर्वराष्ट्रपतिको हैसियतमा : एमाले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ११ आइतबार १८:२५:oo

नेकपा एमालेले विद्यादेवी भण्डारीको चीन भ्रमण पूर्वराष्ट्रपतिको हैसियतमा भएको बताएको छ।

आइतबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले यस्तो प्रस्टीकरण दिएका हुन्। भण्डारी कुनै समय एमाले आन्दोलनको नेतासमेत भएकाले भ्रमण टोलीमा एमालेका नेताहरूसमेत सामेल भएको उनको भनाइ छ।

‘पूर्वराष्ट्रपतिको भ्रमण पूर्वराष्ट्रपतिकै हैसियतमा हो। उहाँलाई पूर्वराष्ट्रपतिकै हैसियतमा निमन्त्रणा भएको छ, र स्वाभाविक रूपमा पूर्वराष्ट्रपति नेकपा एमाले आन्दोलनको नेता भएको नाताले उहाँको टिममा पार्टीसम्बद्ध साथीहरू पनि  सामेल हुनुभएको हो,’ पोखरेलले भने।