१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ११ आइतबार
  • Sunday, 25 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ११ आइतबार o७:२o:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल आइपुगिन् कप्तान अञ्जिला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ११ आइतबार o७:२o:oo

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बा शनिबार नेपाल आइपुगेकी छिन् । व्यवसायी फुटबलका लागि ग्रिस पुगेकी अञ्जिला सिजनको अन्त्यसँगै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुन आएकी हुन् । उनी शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन् । 

नेपाली राष्ट्रिय महिला टोलीकी व्यवस्थापक वृन्दा देवानले उनलाई स्वागत गरेकी थिइन् । नेपाल आएसँगै उनी सीधै टिम रहेको एन्फाको होस्टेल पुगेकी थिइन् । उनी निस अट्रोमिटौबाट ग्रिक महिला ‘ए’ डिभिजन लिग खेलेकी थिइन् । अञ्जिलाको टोलीले २२ खेलमा पाँच जित चार बराबरी र १३ हारको नतिजासहित १९ अंकका साथ नवौँ स्थानमा रहेर लिगको अन्त्य गरेको छ । नेपाली महिला टोली अहिले थाइल्यान्डसँगको मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप छनोटको तयारीमा छ । नेपालले मे ३० र जुन २ मा घरेलु टोली थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै छ । नेपालले एएफसी महिला एसियन कप छनोटको तयारीस्वरूप थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटको पहिलो चरण मे ४ बाट सुरु हुँदै छ । समूह ‘एफ’मा नेपाल, लाओस, श्रीलंका र उज्वेकिस्तान छन् ।

नेपाली टोलीको गोलकिपरमा अञ्जिलासँगै अञ्जना रानामगर र उषा नाथ छन् । रक्षकमा अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे र मनमाया दमाई रहँदा मिडफिल्डरको जिम्मेवारी अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर, सरस्वती हमाल, सुष्मा तामाङ पाएका छन् । यस्तै, फरवार्डमा सावित्रा भण्डारी, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेललाई प्रशिक्षक राजेन्द्र तामाङले विश्वास गरेका छन् ।