
नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। तोलामा एक हजार चार सय रुपैयाँले बढेर आज प्रतितोला एक लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुनको मूल्य एक लाख ९० हजार चार सय रुपैयाँमा कायम भएको थियो। यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार चाँदी तोलामा दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही मूल्य कायम भएको थियो ।