१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 24 May, 2025
पहिलोपटक ‘ए’ डिभिजनमा उक्लिएको प्लानिङ ब्वाइजका खेलाडी र अफिसियल खुसी मनाउँदै
Invalid date format o८:५८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अपराजित रहँदै प्लानिङ ब्वाइज ‘बी’ डिभिजन च्याम्पियन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५८:oo

प्लानिङ ब्वाइजले अपराजित रहँदै सहिद स्मारक ‘बी’ डिभिजन लिगको उपाधि उचालेको छ । अघिल्लो चरणममै च्याम्पियन बनिसकेको प्लानिङ ब्वाइजले आफ्नो अन्तिम खेलमा रेलिगेसनमा परेको श्री टुसाल युवा क्लबमाथि ८–३ को सानदार जित निकाली लिग टुंग्याएको छ । दुई वर्षअघि मात्र ‘बी’ डिभिजनमा उक्लेको प्लानिङ ब्वाइजले शीर्ष डिभिजनमा उक्लन उत्कृष्ट प्रदर्शन गरेको थियो । 

दशरथ रंगशालामा प्लानिङ ब्वाइजलाई च्याम्पियनशैलीमा उपाधि दिलाउन फागुराम थारू एक्लैले टुसालविरुद्ध पाँच गोल गरेका थिए । थारूले सबै पाँच गोल पहिलो हाफमा गरेका थिए । लिगमा उनी सर्वाधिक गोलकर्तासमेत भए । यस सिजनको ‘बी’ डिभिजनबाट श्री भगवती क्लब दोस्रो स्थानमा रहँदै शीर्ष डिभिजनमा उक्लेको छ । टोखाबाट प्रतिनिधित्व गरेको श्री भगवती भने आफ्नो अन्तिम खेलमा सरस्वतीबाट स्तब्ध भयो । 

श्री भगवतीले लिगमा एक मात्र हार सामना गरेको सरस्वती युवा क्लबसँग ३–२ ले स्तब्ध भयो । प्लानिङ ब्वाइजले १० जित र तीन बराबरी निकाली सर्वाधिक ३३ अंक बटुल्यो । श्री भगवतीले १३ खेलमा २६ अंक बनाएको छ । दुई वर्षभित्र शीर्ष डिभिजनमा पहिलोपटक उक्लेको प्लानिङ ब्वाइजले पहिलोदेखि अन्तिम खेलसम्म एकरूपता प्रदर्शन गर्‍यो । प्लानिङ ब्वाइज च्याम्पियन हुनुपछाडि फिनिसिङ र डिफेन्समा बलियो देखियो ।

फागुरामले लिगमा सर्वाधिक १४ गोल गर्दै टोलीको फिनिसिङ लाइनले कुनै पनि खेलमा कमजोर बनाउन दिएनन् । अर्का स्ट्राइकर प्रतापसिंह राईले पनि थारूलाई उत्तिकै साथ दिए । प्रतापसिंहले लिगमा चार गोल गरेका छन् । यसैगरी, सञ्जय डंगोलले तीन गोल गरे । नवीन परियारले प्लानिङ ब्वाइजलाई तीन खेलमा क्लिन सिट राखे । 

विजेताले १५ लाख र उपविजेताले सात लाख पाए
लिग विजेता प्लानिङ ब्वाइजले १५ लाख रुपैयाँ पाएको छ । उपविजेता श्री भगवतीले १० लाख र तेस्रो भएको ब्वाइज युनियनले ५ लाख प्राप्त पारेका छन् । सर्वाधिक गोलकर्ता फागुरामले पनि ५० हजार रुपैयाँ हात पारे । प्लानिङ ब्वाइजलाई च्याम्पियन बनाउन योगदान दिएका प्रतापसिंह राई मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । उनले एक लाख हात पारेका छन् । वीरगन्जका प्रमिजय गच्छादारले उत्कृष्ट गोलरक्षक हुँदै ५० हजार रुपैयाँ पाएका छन् । 

अन्तिम खेलमा श्री भगवती स्तब्ध 
‘ए’ डिभिजन लिगमा स्थान बनाइसकेको श्री भगवतीले अन्तिम खेल जितका साथ सकाउने चाहेको थियो । तर, दशरथ रंगशालामा श्री भगवतीले आफूअनुकूल नतिजा निकाल्न नसक्दा लिगमै पहिलोपटक हारको सामना गर्‍यो । लिगको आफ्नो अन्तिम खेलमा सरस्वतीले उपविजेता श्री भगवतीमाथि तीन–दुईको जित निकाल्यो । रोमाञ्चक जितका साथ सरस्वती पाँचौँ स्थानमा रह्यो  ।

सरस्वतीलाई जित दिलाउन नर्बु तामाङ, सबिनकुमार लुंगेलीमगर र नरेशकुमार खत्रीले समान एक गोल गरे । भगवतीका विक्रान्तनरसिंह रानाले दुवै गोल फर्काएका थिए । पहिलो हाफको इन्जुरी समयमा विक्रान्तले भगवतीलाई १–० अग्रता लिएका थिए । खेलको ७३औँ मिनेटमा नर्बुले सरस्वतीलाई १–१ को बराबरीमा राखे । विक्रान्तले ७९औँ मिनेटमा पेनाल्टीमा गोल गर्दा भगवती दुई–एकले अगाडि राखे । खेलको अन्तिम इन्जुरी समयमा सबिनले पेनाल्टीमार्फत सरस्वतीलाई दुई–दुईको बराबरीमा ल्याए । इन्जुरी समयमै नरेशले सरस्वतीलाई रोमाञ्चक जित दिलाए ।