Skip This
आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट वक्तव्य लेखन सुरु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 23 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:२५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट वक्तव्य लेखन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:२५:oo

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट वक्तव्य लेखन सुरु गरेको छ । सरोकारवाला क्षेत्रबाट सुझाव लिइसकेको अर्थ मन्त्रालयले वक्तव्य लेखन सुरु गरेको हो । 

राजस्व परामर्श समितिले राजस्व नीतिसम्बन्धी सुझावसहितको प्रतिवेदन अर्थमन्त्रीसमक्ष बुझाइसकेको छ । १४ गते संसद्मा पेस हुने गरी आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति (पहेँलो किताब)को काम पनि भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।  

अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकत्वमा पाँच सदस्यीय बजेट मस्यौदा लेखन समिति बजेट लेखनमा सक्रिय छ । समितिमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका महानिर्देशक तीर्थराज चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल सदस्य छन् ।

बजेटका सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रमा सुधार, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्रको निर्माण, भौतिक पूर्वाधारको विकास, सामाजिक सुरक्षालगायतलाई क्षेत्रगत प्रथामिकतामा राखिएको छ । जेठ १४ गते संसद्मा आर्थिक सर्वेक्षण र जेठ १५ गते बजेट वक्तव्य पेस हुनेछ ।