१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 23 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकार महासंघ काठमाडौंले ११ वटै पालिकामा बुझायो ध्यानाकर्षणपत्र

आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेटमा सञ्चार तथा पत्रकारिता क्षेत्रका सरोकारलाई समेट्न आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:o३:oo

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले काठमाडौं जिल्लाका ११ वटै पालिकामा पुगेर आगामी आर्थिक वर्ष ०८२/८३ को नीति, कार्यक्रम तथा बजेटमा सञ्चार तथा पत्रकारिता क्षेत्रको सरोकारलाई समेट्न आग्रह गर्दै सातबुँदे ध्यानाकर्षणपत्र बुझाएको छ।

पत्रकार महासंघ काठमाडौं जिल्ला शाखा अध्यक्ष शोभा अर्यालकाे नेतृत्वमा वैशाख २५ गते नागार्जुन नगरपालिकाबाट सुरु भएको ‘मिडिया बचाउ अभियान’  जेठ ६ गते काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोललाई ध्यानाकर्षणपत्र बुझाएपछि समापन भएको छ। 

यी हुन् पत्रकार महासंघ काठमाडौं शाखाले पालिकाहरूमा पेस गरेको सातबुँदे ध्यानाकर्षण

१. काठमाडौं शाखामा देशकै सबैभन्दा धेरै स्वरोजगारमूलक मिडिया आबद्ध रहेकाले यिनीहरूको संरक्षण र विकासका लागि विशेष योजना तथा नीति बनाउन माग गर्दछौँ । 

२. मिडिया विकासका लागि लोककल्याणकारी विज्ञापन तथा फेलोसिपको व्यवस्था गर्न माग गर्दछौँ ।

३. साप्ताहिक, पाक्षिक, मासिक  र मध्यम खालका छापामाध्यमको ऐतिहासिक महत्त्व र ती माध्यमहरूले खेलेको भूमिका मनन गर्दै यस्ता छापामाध्यमको संरक्षण र प्रवर्द्धनका लागि नगरपालिकाले विशेष योजना ल्याउन आग्रह शाखाले गरेको छ। साथै न्यु मिडियाको विकास र संरक्षणको पहलकदमी लिन आग्रह ।

४. पत्रकारहरूको सीप तथा क्षमता विकासका लागि तालिम, गोष्ठी, सेमिनारका लागि कम्तीमा वार्षिक १० लाख बजेटको व्यवस्था गर्न माग गर्दछौँ ।

५. लोककल्याणकारी विज्ञापन तथा अन्य सूचना सन्देश विभिन्न भाषाभाषी, महिला, दलित, आदिवासी तथा जनजातिहरू प्रकाशक तथा सम्पादक रहेका मिडियालाई प्राथमिकता दिई समावेशी ढंगले वितरण गर्न माग गर्दछौँ ।

६. स्थानीय तहबाट निर्माण गर्ने मिडिया नीति तथा ऐन कानुन मिडियामैत्री र संविधानको भावनाअनुरूप हुने गरी निर्माण गर्न माग गर्दछौँ ।

७. यस नगरपालिकाका कार्यक्रममा पत्रकार महासंघ काठमाडौं जिल्ला शाखासँग आपसी सहकार्य गर्न आग्रह गर्दछौँ ।