Skip This
सूर्य नेपाल च्यालेन्ज : शुक्रले लिए ३ स्ट्रोकको अग्रता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 23 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:३७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सूर्य नेपाल च्यालेन्ज : शुक्रले लिए ३ स्ट्रोकको अग्रता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:३७:oo

शुक्रबहादुर राईले लगातार तेस्रो दिन बिहीबार पनि सूर्य नेपाल च्यालेन्जमा अग्रता बनाएका छन् । नेपालका पूर्वनम्बर एक गल्फर शुक्रले बिहीबार ३ स्ट्रोकको अग्रता बनाएका छन् । उनले समग्रमा ११ अन्डर १९३ स्कोर गरेका छन् । उनले दोस्रो स्थानका भुवनकुमार रोकालाई ३ स्ट्रोकले पछि पारेका हुन् । भुवनले समग्रमा ८ अन्डर १९६ स्कोर गरेका छन् । यस सिजन तीन उपाधि जितिसकेका नीरज तामाङ तेस्रो स्थानमा छन् । 

तेस्रो दिन नीरजले ६ अन्डर ६२ स्कोर गरे । उनले समग्रमा ७ अन्डर १९७ स्कोर गरेका छन् । इभन पार ६८ खेलेका दिनेश प्रजापति समग्रमा ५ अन्डर १९९ स्कोरका साथ चौथो स्थानमा झरेका छन् । समग्रमा ३ अन्डर २०१ स्कोर गरेका तोरणविक्रम शाही पाँचौँ स्थानमा छन् । 

६ बर्डी प्रहार
शीर्ष स्थानमा रहेका शुक्रले फ्रन्ट नाइन ३ अन्डर ३१ मा सकाए । उनले पहिलो, दोस्रो, चौथो र आठौँ होलमा बर्डी प्रहार गरे । तेस्रो होलमा उनले एक सट खेर फाले । त्यसपछि उनले ११औँ र १२औँ होलमा बर्डी निकाली ब्याक नाइन २ अन्डर ३२ स्कोर गरे । समग्रमा उनले ६ बर्डी प्रहार गरेका थिए । भुवनले चौथो होल, सातौँदेखि नवौँ होलसम्म लगातार तीन बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४ अन्डर ३० स्कोर गरेका थिए । उनले १२औँ र १३औँ होलमा समान एक सट बचाए । 

१६औँ होलको बोगीले उनी ब्याक नाइनमा १ अन्डर ३३ स्कोरमा सीमित भए । उत्कृष्ट स्कोर निकालेका नीरजले बोगीरहित सानदार प्रदर्शन गरे । उनले फ्रन्ट र ब्याक नाइनमा समान ३ अन्डर ३१ स्कोर गरेका थिए । नीरजले पहिलो, दोस्रो र चौथो होलमा बर्डी हात पारे । त्यसपछि उनले १०औँ, १३औँ र १५औँ होलमा पनि बर्डी प्रहार गरे । 

प्रतियोगिताको एमेच्योरतर्फ समग्रमा १ ओभर २०५ स्कोर गरेका राहुल विश्वकर्मा शीर्ष स्थानमा छन् । उनले निश्चयजंग रायमाझीलाई ३ स्ट्रोकले पछि पारे । राहुलले इभन पार ६८ स्कोर गरे । उनले समग्रमा ४ ओभर २०८ स्कोर गरेका थिए । निश्चयले २ ओभर ७० स्कोर गरे । ७२ होलको चार दिनसम्म चल्ने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योरले भाग लिइरहेका छन् ।