Skip This
आजदेखि युवा संघको दसाैँ राष्ट्रिय महाधिवेशन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 23 May, 2025
Invalid date format o७:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आजदेखि युवा संघको दसाैँ राष्ट्रिय महाधिवेशन

अध्यक्षमा पाँचजनाको दाबी, १५१ सदस्यीय कमिटी चयन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:५७:oo

एमालेको भ्रातृ संगठन युवा संघ नेपालको दसाैँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरु हुँदै छ । आइतबारसम्म चल्ने महाधिवेशनको उद्घाटन गर्न एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली आउने तय भएको छ । 

पोखराको अमरसिंह चौरमा हुने उद्घाटन सत्रमा महासचिव शंकर पोखरेल, उपमहासचिवसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, जनसंगठन समन्वय संयन्त्र प्रमुखसमेत रहेका एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाललगायत नेताको सहभागिता रहने संघ कास्कीका सचिव हिमाल गुरुङले जानकारी दिए । तीन दिन चल्ने महाधिवेशनमा सहभागी हुन देशभरबाट दुई हजार प्रतिनिधि पोखरामा जम्मा हुँदै छन् । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष दुई, महासचिव, उपमहासचिव, सचिव चारजना, नौजना पदाधिकारीसँगै १५१ सदस्यीय नयाँ कमिटी चयन गर्नेछ । संघका अध्यक्ष क्षितिज थेबेका अनुसार महाधिवेशन कार्यनीति र कार्यभार निर्माण गर्ने थलोका रूपमा स्थापित हुनेछ ।

संघको नेतृत्वका लागि पाँचजनाले दाबी गरेका छन् । पाँचजनाले दाबी गरे पनि पार्टी अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएको स्रोतको भनाइ छ । हालका अध्यक्ष थेबेसँगै उपाध्यक्षहरू प्रकाश गौतम, कृष्णहरि केसी, महाराज गुरुङ र महासचिव सुमन पुरीले अध्यक्षमा दाबी गरेका छन् । अध्यक्षसँगै अन्य पदाधिकारी र सदस्यमा आकांक्षा राख्ने धेरै छन्, तर पार्टी नेतृत्वले नै सर्वसम्मत गर्न भनेपछि आफूले चाहेको पदमा उम्मेदवारी दिन नपाउने भएपछि आकांक्षीहरू निराश बन्न पुगेका छन् ।