Skip This
मध्यरातमा बैतडीको खलंगा केन्द्रविन्दु भएर ५.१ को भूकम्प
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ९ शुक्रबार
  • Friday, 23 May, 2025
२o८२ जेठ ९ शुक्रबार o७:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मध्यरातमा बैतडीको खलंगा केन्द्रविन्दु भएर ५.१ को भूकम्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ९ शुक्रबार o७:३४:oo

बैतडी सदरमुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ । सुर्खेतिस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलंगा केन्द्रविन्दु भएर मध्यराति १:४८ बजे ५.१ र बिहान २ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घरबाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरासम्म महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन।