Skip This
इटाखेलमा नेपाल माता महिमा राष्ट्रिय महायज्ञ हुने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ८ बिहीबार
  • Thursday, 22 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ ८ बिहीबार १७:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इटाखेलमा नेपाल माता महिमा राष्ट्रिय महायज्ञ हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ८ बिहीबार १७:२१:oo

काठमाडौंको शंखरापुर नगरपालिका–५, इटाखेलमा जेठ १४ देखि २५ गतेसम्म श्री नेपालमाता महिमा राष्ट्रिय महायज्ञ आयोजना हुने भएको छ। सोही अवसरमा नेपाल आमाको मन्दिरको उद्घाटन पनि हुने आयोजक श्री नेपालमाता महिमा राष्ट्रिय महायज्ञ समितिले पत्रकार सम्मेलन आयोजना गरी जनाएको छ।

मुक्तिनाथका पीठाधीश स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)ले सबै नेपालीको प्रतिनिधित्व हुने गरी महायज्ञ आयोजना हुन लागेको बताए। ‘५५ फिटको नेपालको चुच्चे नक्सा, गौमाता र नेपालको झन्डा भएको नेपाल आमाको महिमा लोकार्पण गर्ने कार्यक्रम छ,’ उनले भने।

कमलनयनाचार्यले धार्मिक कार्यको माध्यमबाट सामाजिक रूपान्तरणका काम आफूहरूले गरिरहेको बताए। ‘नेपालमा तीर्थस्थल छन्, पर्यटकीय पहिचान बनाएर उजागर गर्न सक्ने हो भने नेपालीले भोको रहनुपर्दैन,’ उनले भने।

महायज्ञको पूर्वसन्ध्यामा जेठ १३ गते बिहान ११ बजेदेखि मोटरसाइकल र्‍याली, १४ गते गोपूजन, देवलीला झाँकीसहित कलशयात्रा, मन्दिर उद्घाटन, १५ गते मुक्तिनाथ बाबाको ६०औँ जन्म नक्षत्रोत्सव, १५ देखि २४ गतेसम्म श्रीम‌द्‌भागवत महापुराण प्रवचन तथा नेपाल महात्म्य कथा हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार अन्तिम दिन २५ गते सवा तीन करोड दीप प्रज्वलन, महापूर्णाहुति र महाअभिषेक हुनेछ।