Skip This
राजावादीलाई सरकारको चेतावनी– कमजोर नठान्नू, संविधानविरोधी क्रियाकलाप गरे प्रतिबन्ध लाग्छ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ८ बिहीबार
  • Thursday, 22 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ८ बिहीबार १६:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजावादीलाई सरकारको चेतावनी– कमजोर नठान्नू, संविधानविरोधी क्रियाकलाप गरे प्रतिबन्ध लाग्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ८ बिहीबार १६:४१:oo

सरकारले राजावादीहरूलाई संविधान र व्यवस्थाविरोधी गतिविधि गरे प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनका क्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारलाई कमजोर नठान्न चेतावनी दिए।

व्यवस्था उल्ट्याउन चाहनेहरूलाई पनि सरकारले उदारतापूर्वक सभा–सम्मेलन गर्ने र बोल्ने छुट दिएको बताउँदै गुरुङले भने, ‘त्यो हाम्रो कायरता होइन, हाम्रो कमजोरी होइन, हामी डराएर गरेका होइनौँ। त्यसरी (छुट) दिँदा उनीहरूले हामीलाई कमजोर नठाने हुन्छ । हामीले उदारतापूर्वक अभ्यास गरून्, के फरक पर्छ भनेर छुट दिएको कुरा हो। तर, सधैँ यस्तो संविधानविरोधी, व्यवस्थाविरोधी, जनताविरोधी क्रियाकलाप भइराख्यो भने सहेर बस्दैनौँ।’

असंवैधानिक गतिविधिमाथि प्रतिबन्ध लगाउने अधिकार भएको बताउँदै उनले थपे, ‘आजका दिनसम्म उनीहरूको गतिविधिमा प्रतिबन्ध लगाएका छैनौँ। प्रतिबन्ध पनि लगाउन सक्ने छुट, संवैधानिक अधिकार, कानुनी अधिकार छ सरकारलाई।’

सरकार सधैँ टुलुटुलु हेरेर नबस्ने भन्दै प्रवक्ता गुरुङले त्यस्ता गतिविधिको प्रतिक्रियाका आधारमा कदम चाल्ने प्रस्ट्याए।