Skip This
विद्युतीय खरिदसम्बन्धी आधारभूत तालिम
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
Invalid date format १४:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्युतीय खरिदसम्बन्धी आधारभूत तालिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२५:oo

सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौं र बागमती गाउँपालिका पूर्वाधार विकास संस्थाद्वारा संयुक्त रूपमा विद्युतीय खरिदसम्बन्धी आधारभूत तालिम आयोजना गरिएको छ।

सो अवसरमा बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले दीर्घकालीन योजनाअनुरूप विकास निर्माणका लागि अनुकूल नीतिगत व्यवस्था गरिनुपर्नेमा जोड दिए।

‘सूचना प्रविधिको युगमा पारदर्शिता, प्रतिस्पर्धा र जवाफदेहितालाई सुनिश्चित गर्न विद्युतीय खरिद प्रणाली एक आवश्यक उपकरण बनेको छ। यस प्रणालीबाट सार्वजनिक खरिद प्रक्रियामा हुने अनियमितता, ढिलासुस्ती तथा अपारदर्शिता हटाउन सकिन्छ, यसबाट सरकारको खर्चमा पारदर्शिता ल्याउन सहयोग पुर्‍याएको छ,’ उनले भने।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव रामचन्द्र दंगालले अनलाइनबाट सेवा प्रवाह गर्ने पद्धतिको विकास भएको वर्तमान समयमा बोलपत्रदाता विद्युतीय खरिद प्रणालीमा अद्यावधिक हुनु अनिवार्य भएको बताए।

कार्यक्रममा बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामी, निर्माण व्यवसायी संघ ललितपुरका वरिष्ठ उपाध्यक्ष भगीरथ तिमल्सिनालगायतले धारणा राखेका थिए।