Skip This
गौशालामा बसको ब्रेक फेल हुँदा ८ सवारीसाधनलाई ठक्कर, तीन घाइते 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:५८:oo
Read Time : < 1 मिनेट
समाचार

गौशालामा बसको ब्रेक फेल हुँदा ८ सवारीसाधनलाई ठक्कर, तीन घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:५८:oo

काठमाडौंको गौशालामा बसको ठक्करबाट अन्य सात सवारी साधनमा क्षति पुगेको छ। दुर्घटनामा तीन जना घाइते भएका छन् । 

बुधबार बिहान १०ः५५ को समयमा  गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको सार्वजनिक बस आफै अनियन्त्रित भई दुर्घटना भएको हो। बसका चालक सुवास राना मगरका अनुसार बसको ब्रेक फेल भएको हो ।  

सो बसले बा ५ ख ७३१ नम्बरको हायस, बा.प्र–०१–०२६ च ८५७६ नम्बरको कार, बी एसी ९७७३ नम्बरको कार, बा १६ च ४४५२ नम्बरको कार, प्र्र–२–०१–००३ प १००५ नम्बरको मोटरसाइकल, बा ५१ प २२ नम्बरको मोटरसाइकल  र बा.प्र–०२–०४६ प ४८१९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। ती सबै सवारी साधनमा क्षति पुगेको छ। 

दुर्घटनामा बा ५१ प २२ नम्बरको  मोटरसाइकलका चालक राजकुमार श्रेष्ठ र पछाडी सवार विकास कट्टेल घाइते भएका छन्। त्यस्तै, प्र–२–०१–००३ प १००५  नम्बरको मोटरसाइकलका  चालक शैलेन्द्र राई पनि सामान्य घाइते भएका छन्। 

दुर्घटनापछि फरार भएका चालक पछि सम्पर्कमा आएको गौशाला वृत्तका डिएसपी सुकदेव खनालले बताए। बस समितिका पदाधिकारी बोलाएर ट्राफिक प्रहरीले क्षति पुगेका सवारी साधन मर्मतका लागि छलफल गराएको छ।