
एभरेस्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा जेठ ५ गते बागमती प्रदेशको सिन्धुलीको कमलामाई नगरपालिका– ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ।
यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ। यस शाखाको विस्तारसँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिन सक्ने विश्वास लिएको बैंकले जनाएको छ।
कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यबाट संयुक्त रूपमा उद्घाटन गरिएको सो समारोहमा कमलामाई वडा नं. ६ का वडाध्यक्ष उज्वलकुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देवनारायण श्रेष्ठ, प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङलगायतको उपस्थिति थियो।