Skip This
मधेश प्रदेशमा चोरी तस्करी नियन्त्रण गर्नू : डिआइजी चतुर्वेदी 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ७ बुधबार
  • Wednesday, 21 May, 2025
तिवारी यादव वीरगन्ज
२o८२ जेठ ७ बुधबार ११:४९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मधेश प्रदेशमा चोरी तस्करी नियन्त्रण गर्नू : डिआइजी चतुर्वेदी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ७ बुधबार ११:४९:oo

मदेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा सरुवा भएर आएका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले मधेश प्रदेशका आठवटा जिल्लाका कार्यालयको निरीक्षण गर्दै व्यावसायिक हुन निर्देशन दिएका छन्। गत वैशाख २४ मा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा हाजिर भएका उनले गत वैशाख २८ गतेबाट नै जिल्ला–जिल्लाको प्रहरी कार्यालयमा पुगेर विभिन्न शाखाको निरीक्षण गरेर प्रहरीलाई व्यावसायिक हुन निर्देशन दिएका हुन्। 

निरीक्षणको क्रममा प्रहरी नायब महानिरीक्षक चतुर्वेदीले प्रहरीको आचारसंहिता पूर्ण रूपमा पालना गर्न मधेश प्रदेशमा कार्यरत प्रहरीहरूलाई निर्देशन दिएका थिए । 
एक दिनमा दुई जिल्लाको निरीक्षण गरेका उनले अपराध न्यूनीकरणदेखि चोरी तस्करी नियन्त्रणमा ध्यान दिन प्रहरीलाई कडा निर्देशन दिएका हुन्। पछिल्लो समयमा मधेश प्रदेशमा चोरी पैठारी बढेको गुनासो बढेकाले यो नियन्त्रणमा गम्भीर भएर लाग्न प्रहरीलाई निर्देशन दिए।

यस्तै, उनले शान्ति सुरक्षामा प्रभावकारी प्रहरी परिचालन, सीमा अपराध, आपराधिक गतिविधि नियन्त्रण गर्ने, सीमानाकाहरूबाट हुने अवैध भन्सार छली चोरी निकासी पैठारी नियन्त्रण गर्न आदेश दिए। त्यसैगरी अहिले फरार अपराधी पक्राउ गर्न प्रहरी आचरण तथा अभिलेख व्यवस्थापन, हिरासत कक्ष, कार्यालयको शाखाहरू, ब्यारेक, मेस, क्यान्टिनसमेतको उनले निरीक्षण गरे।आत्महत्या न्यूनीकरण, पेन्डिङ पुराना मुद्दा फर्स्याेट, सवारी दुर्घटना तथा क्षतिलाई न्यूनीकरण गर्नेतर्फ प्रहरी नायब महानिरीक्षक चतुर्वेदीले विशेष जोड दिएका हुन् । 

गत वैशाख २८ मा धनुषा र महोतरी, वैशाख ३० मा रौतहट र सर्लाही, वैशाख ३१ मा सिराहा र सप्तरीकाे निरीक्षण गरेका थिए भने जेठ ३ मा पर्सा र जेठ ४ मा बारा जिल्लाको निरीक्षण गरे । प्रहरी नायब महानिरीक्षक चतुर्वेदीले जिल्लागतको निरीक्षणको क्रममा इलाका प्रहरी कार्यालय निजगढ, इलाका प्रहरी कार्यालय सिमरा र इलाका प्रहरी कार्यालय लहानको निरीक्षण गरेका थिए । 

यस्तै, गरुडामा रहेको प्रहरी स्कुल, सप्तरीमा रहेको प्रहरी अस्पताल र प्रहरी तालिम केन्द्रको पनि निरीक्षण भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी निरीक्षक विक्रम शाहले जानकारी दिए ।