Skip This
धनकुटामा पालिकास्तरीय महिला फुटबल प्रतियोगिता हुने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 21 May, 2025
Invalid date format o९:५९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

धनकुटामा पालिकास्तरीय महिला फुटबल प्रतियोगिता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५९:oo

धनकुटामा पाँचौँ संस्करणको पालिकास्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ। सहिद रामकृष्ण श्रेष्ठ प्रतिष्ठान धनकुटाको आयोजनामा पालिकास्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको हो ।

प्रतिष्ठानले आज पत्रकार सम्मेलनको आयोजना गर्दै यही जेठ १४ गतेदेखि १७ गतेसम्म सहिद श्रेष्ठको स्मृतिमा प्रतियोगिता हुन लागेको जनाएकाे छ । धनकुटा नगरपालिका– ५, तल्लोटुँडिखेलमा हुने प्रतियोगितामा धनकुटा जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाबाट सात टिमको सहभागिता रहने रामकृष्ण श्रेष्ठ प्रतिष्ठानका अध्यक्ष ईश्वर श्रेष्ठले बताए।

उक्त प्रतियोगिताका विजेताले नगद ६० हजार र उपविजेताले नगद ३० हजारसहित मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले बताएको छ । २०३० साल चैत ३ गते तत्कालीन राजा वीरेन्द्र विराटनगर आउँदा बम प्रहार गर्ने क्रममा श्रेष्ठको निधन भएको थियो भने उनलाई सरकारले ०४७ साल माघ ३ गते सहिद घोषणा गरेको थियो । उनैको सम्झनामा ०७७ सालदेखि धनकुटामा महिला फुटबल प्रतियोगिता हुँदै आएको छ ।