Skip This
युक्रेनमा शान्ति नभए रुसविरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयूको आग्रह
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
रासस ब्रसेल्स
२o८२ जेठ ६ मंगलबार १६:५८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनमा शान्ति नभए रुसविरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयूको आग्रह

Read Time : < 1 मिनेट
रासस, ब्रसेल्स
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार १६:५८:oo

युरोपेली संघ (इयू)का विदेश नीति प्रमुख काजा कालासले युक्रेनमा युद्धविरामका लागि सहमत नभए रूसविरुद्ध ‘कडा कारबाही’ गर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गरेकी छिन्।

‘अमेरिकाले भनेको थियो कि यदि रूस बिनाशर्त युद्धविराममा सहमत भएन भने त्यसका परिणामहरू हुनेछन्। त्यसैले हामी ती परिणामहरू, अमेरिकी पक्षबाट पनि देख्न चाहन्छौँ’, कालासले ब्रसेल्समा इयुका मन्त्रीहरूको बैठकमा भनिन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि रुस र युक्रेनले ‘तुरुन्तै’ शान्ति वार्ता सुरु गर्ने बताएका छन्। जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले दुई नेताबीचको कुराकानीले पुटिनलाई ‘साँच्चै शान्तिमा चासो नभएको’ देखाएको बताए।

‘उहाँ अझै पनि छुटका लागि तयार हुनुहुन्न, केवल आफ्नो सर्तमा युद्धविरामको कुरा गर्नुहुन्छ’, पिस्टोरियसले भने। जर्मन चान्सलर फ्रेडरिक मेर्जले सोमबार ट्रम्प र युरोपेली नेताहरूबीचको छुट्टै फोनवार्तापछि इयूले थप प्रतिबन्धमार्फत मस्कोमाथि ‘दबाब बढाउने’ बताए।

मुख्यतया रुसले तेल निर्यातमा लगाइएको प्रतिबन्धलाई बेवास्ता गर्न प्रयोग गर्ने ‘छाया फ्लीट’लाई लक्षित गर्दै युक्रेनमा गरेको आक्रमणलाई लिएर इयुले मङ्गलबार मस्कोमाथि १७औँ चरणको प्रतिबन्ध औपचारिक रूपमा अपनाउने छ। प्रतिबन्धहरूको थप प्याकेज पहिले नै टेबलमा राखिएको छ, तर इयुसँग क्रेमलिनमाथि ठूलो चोट पु¥याउने सीमित मार्गहरू भएको आशंका छ।

‘हामी रुसमाथि थप दबाब दिन प्रतिबन्धको अर्को कडा प्याकेजमा काम गर्न जारी राख्छौँ, ताकि उनीहरू पनि शान्ति चाहून्’, कालासले भनिन्, ‘तेलको मूल्यको सीमा, ऊर्जा, बैंकिङ क्षेत्रलाई लिएर पनि प्रतिबन्धहरू छन्–यी प्रतिबन्धहरूले रुसको अर्थतन्त्रलाई नोक्सान पुर्‍याउनेछ।’