Skip This
रारा गोल्डकप फुटबल  प्रतियोगिताको उपाधि  बिर्तामोड युनाइटेड क्लबले जित्यो 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
२o८२ जेठ ६ मंगलबार १७:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

रारा गोल्डकप फुटबल  प्रतियोगिताको उपाधि  बिर्तामोड युनाइटेड क्लबले जित्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार १७:o९:oo

धनकुटाको राजारानीमा जारी १२औँ संस्करणको रारा रनिङ गोल्डकप प्रतियोगिताको उपाधि झापाको बिर्तामोड युनाइटेड क्लबले जितेको छ। 

फाइनल खेलमा मोरङको एलएक्स सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो। झापाको जितमा दुवै गोल आशिष चापागाईंले गरेका थिए। उनले पहिलो हाफको ४१ औँ र दोस्रो हाफको ३०औँ मिनेटमा गोल गरेका थिए। खेलको अन्त्यतिर मोरङका अनोज गैरेले सान्त्वना गोल फर्काए। फाइनल खेलको प्लेयर अफ द म्याच घोषित हुँदै झापाका आशिष चापागाईंले नगद ७ हजार ५ सय रुपैयासहित ट्रफी प्राप्त गरे। 

उपाधिसँगै झापाको बिर्तामोड युनाइटेडले नगद ७ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ। उपविजेता बनेको एलएक्स सिटी एफसीले नगद ३ लाख रुपैयाँ र ट्रफीमा चित्त बुझाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एलएक्स मोरङका देवेन्द्र तामाङ घोषित भए। त्यस्तै, उत्कृष्ट गोलकिपर झापाका अभिषेक बराल, प्रतियोगिताभर ३ गोल गर्दै झापाका मौसम सुब्बा सर्वाधिक गोलकर्ता घोषित भए। त्यस्तै, रारा क्लबका गोलकिपर महेश लिम्बू प्लेयर अफ द इयर, उदयीमान खेलाडी प्रदीप मगर घोषित भए। 

प्रतियोगिताको विजेता तथा उपविजेतासहित उत्कृष्ट खेलाडीहरूलाई पूर्वमन्त्री तथा संघीय सांसद राजेन्द्रकुमार राई, चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार लिम्बू, रारा फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङलगायतले पुरस्कार वितरण गरेका थिए। रारा फुटबल क्लबको आयोजनामा गत वैशाख २९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो। जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता २०५८ सालदेखि हरेक वर्ष सञ्चालन हुँदै आएको छ।