Skip This
दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलका  १०९ रुख गायब 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ जेठ ६ मंगलबार १६:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलका  १०९ रुख गायब 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार १६:o९:oo

सुक्खा बन्दरगाह निर्माणस्थल कञ्चनपुरको दोधाराचाँदनीमा छपान भएका रुख गायब पारिएका छन् । ४२ हेक्टर क्षेत्रफलमा सुक्खा बन्दरगाह निर्माणका लागि दोधाराचाँदनी नगरपालिका– १, चाँदनी गौरीशंकर मध्यवर्ती सामुदायिक वनमा छपान गरिएका १०९ रुख गायब पारिएका हुन् ।

गत वर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईपटक छपान गरेको थियो । उतिवेला छपान गर्दा गणना भएका रुख कटानअघि नै गायब भएको निकुञ्जले जनाएको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृतसमेत रहेका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले सुक्खा बन्दरगाह निर्माणका लागि गत वर्ष भदौ र माघअघि जिपिएस माध्यमबाट छपान गरिएका रुख कटान आदेशअघि नभेटिएको बताए । पुरुषोत्तम वाग्लेले सुक्खा बन्दरगाह निर्माणका लागि गत वर्ष भदौ र माघअघि जिपिएस माध्यमबाट छपान गरिएका रुख कटान आदेशअघि नभेटिएको बताए । 

सूचना अधिकारी वाग्लेले छपानका क्रममा  एक हजार ७०२ रुख कटान  गर्नुपर्ने देखिए पनि अहिले कटानअघि एक हजार ५९३ रुख मात्रै भेटिएको बताए । सूचना अधिकारी वाग्लेका अनुसार ४० रुख र ६९ पोल गायब  पारिएका छन् । 
‘छपानका क्रममा भेटिएका रुख कटानी आदेशअघि नभेटिएपछि हामीले सम्बन्धित वनलाई स्पष्टीकरण सोधेका थियौँ,’ उनले भने, ‘वनबाट सीमा क्षेत्र भएकाले चोरी तस्करी, नजिकै मसानघाट भएकाले अन्त्येष्टिका लागि  सुकेका रुख लगेको हुन सक्ने र वन्यजन्तुको समेत मुभमेन्ट हुँदा रातिका वेला गस्ती गर्न नसकिएको अवस्थामा चोरी–तस्करी भएको हुन सक्ने जवाफ दिएको  थियो ।’ 

उक्त सामुदायिक वनकै दुईपटक गरेर ९२ क्युफिट काठसहित तीन मानिसमाथि निकुञ्जले कारबाही अघि बढाएको बताउँदै सूचना अधिकारी वाग्लेले अरू काठ तस्करमाथि पनि कारबाही हुने बताए । निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको उक्त सामुदायिक  वनमा यसरी छपान गरिएका काठ गायब  पारिएपछि जनतासमेत हैरान भएका छन् ।