Skip This
हेल्थी च्वाइस एस्थेटिक अस्पतालको सम्पूर्ण अफरमा एससिटी–युपिआई कार्डवाहकलाई थप पाँच प्रतिशत छुट
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ६ मंगलबार १५:२१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हेल्थी च्वाइस एस्थेटिक अस्पतालको सम्पूर्ण अफरमा एससिटी–युपिआई कार्डवाहकलाई थप पाँच प्रतिशत छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार १५:२१:oo

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र हेल्थी च्वाइस एस्थेटिक अस्पतालबिच एससिटी–युपिआई कार्ड प्रयोगकर्ताहरूलाई हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा हुने सम्पूर्ण अफरमा थप पाँच प्रतिशतसम्मको विशेष छुट दिने सम्झौता भएको छ।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक हो भने हेल्थी च्वाइस एस्थेटिक अस्पताल नेपालकै पहिलो एस्थेटिक अस्पताल हो।

सम्झौताअनुसार एससिटी–युपिआई कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउन आफ्नो एससिटी–युपिआई कार्डमार्फत भुक्तानी गर्नुपर्छ। ग्राहकहरूले पिओएसमार्फत भुक्तानी गर्दा ब्लड टेस्ट, छाला, कपाल र दन्त प्रक्रियाहरूमा हुने सम्पूर्ण अफरहरूमा थप पाँच प्रतिशत छुट पाउनेछन्।

ओपिडी परामर्श, इमप्लान्ट, प्लास्टिक सर्जरी, कस्मेटिक गाइनोकोलोजी, सर्जिकल प्याकेज, कपाल प्रत्यारोपण, एमआइएफयुआरएफ, एमएनआरएफ, सोर्पानो हेयर रिमुभल प्याकेज र आउटसोर्स सर्भिसेस र उपकरण शुल्कमा हुने सम्पूर्ण अफरहरूमा थप २.५ प्रतिशत छुट पाउने छन्।

एससिटी–युपिआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको एससिटीसँग आबद्ध बैंकमा गएर सजिलै एससिटी युपिआई कार्ड लिन सक्नेछन्।