
इन्डियन प्रिमियर लिग २०२५ को प्ले अफ प्रतिस्पर्धाबाट लखनउ सुपर जाइन्ट्स बाहिरिएको छ। सोमबारको खेलमा सनराइजस् हैदरावादसँग पराजित भएसँगै लखनउ बाहिरिएको हो।
हैदरावादले लखनउलाई ६ विकेटले पराजित गरेको हो।
पहिले ब्याटीङ गरेको लखनउले हैदरावालाई २०६ रनको लक्ष्य दिएको थियो। जून लक्ष्य हैदरावादले १० बल बाँकी रहँदा ६ विकेटको क्षतिमा पुरा गर्यो ।
यो सिजनको आइपिएलमा गुजरात, बैंगलोर र पञ्जाबले प्ले अफमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। लखनउ बाहिरिएसँगै बाँकी एक स्थानका लागि अब मुम्बई र दिल्लीबिच प्रतिस्पर्धा छ । समान १२ खेलमा मुम्बई एक अकंले अगाडि रहेकाले उसको सम्भावना बढेको छ। मुम्बई १४ अंकसहित अंकतालिकाको चौथो स्थानमा छ भने दिल्ली १३ अंकसहित पाँचौ स्थानमा छ। दुवै टिमका लिग चरणमा दुई खेल बाँकी छन्।
यसअघि चेन्नइ, राजस्थान, हैदराबाद र कोलकात्ता प्लेअफको प्रतिस्पर्धाबाट बाहिरिसकेका छन्।