१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ५ सोमबार
  • Monday, 19 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ५ सोमबार १४:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकार सही बाटोमा छ, जादुवाला नम्बर भएकाले भ्रम छर्दै छन् : महेश बर्तौला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ५ सोमबार १४:१४:oo

सत्तारूढ नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकार निराशालाई आशामा परिणत गर्न अघि बढिरहेको बताएका छन्।

आज (सोमबार) प्रतिनिधिसभा बैठकमा उनले निराशाको सञ्चार संसदबाटै गरिएको भन्दै आपत्ति जनाए । संसद्को तेजोबध गर्ने गरी संसद् नीरस रहेको अभिव्यक्ति आएको बर्तौलाको भनाइ छ। उनले नागरिकको भरोसा टुटाउने गरी प्रायोजित अभिव्यक्ति दिइएको आरोपसमेत लगाएका छन् ।

उनले दुई पार्टी मिलेर बनेको सरकारले काम गर्न नसकेको आरोपको खण्डन गरे। आफू सत्तामा भएको भए जादुगरले जसरी गर्छु भनेर भ्रम फैलाइएको उनको भनाइ छ।

‘जादुगरले कागजको पत्ता राखेर हजारको नोट फुत्त निकाल्छ। तर, त्यो सत्य होइन । त्यो केवल भ्रम हो । संसदमा पनि यस्ता प्रवृत्ति देखिरहेका छौँ । जादुगरले पैसाको नोट निकालेजस्तो जादुवाला नम्बर भएकाबाट यस्ता अभिव्यक्ति सुनिरहेका छौँ, त्यो क्षणिक भ्रम हो,’ उनले भने ।