१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 19 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o२:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

अमेरिकाको न्युयोर्कमा नेपाल डे परेड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o२:oo

अमेरिकाको न्युयोर्क सहरमा नेपाल डे परेड सम्पन्न भएको छ। न्युयोर्कको व्यस्त सहर म्यानहाटन आइतबार दिनभर पञ्चेबाजा, भजन र नेपाली राष्ट्रिय गीतले गुञ्जयमान बन्यो।

पञ्चेबाजा, भजन, देउडा, सोरठी, मैथिली, शेर्पा र तामाङ सेलोले गुञ्जिएको परेडमा विभिन्न संघसंस्थाका ब्यानरसहित नेपाली र नेपाली–अमेरिकनहरूको उपस्थिति रहेको थियो।

गैरआवासीय नेपाली संघ, अमेरिका न्युयोर्क च्याप्टरको मूल आयोजना र स्थानीय नेपाली संघसंस्थाको सहकार्य र समन्वयमा नेपाल डे परेड सम्पन्न भएको हो। नेपालको गणतन्त्र दिवसको सेरोफेरो पारेर सन् २०१६ देखि नेपाल डे परेड गर्न थालिएको हो।

न्युयोर्क सहरका मेयर एरिक एडम्स र सिनेटर चक सुमरले उद्घाटन गरेको परेडमा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो। नेपालको विविध कला, संस्कृति र परम्परा झल्किने गरी गरिएको सांगीतिक प्रस्तुतिले म्यानहाटन सहरलाई नेपालमय बनाएको थियो। नेपाली पोसाक, झन्डा र ब्यानरसहित नाचगान र बाजा बजाउँदै सहर परिक्रमा गरी आयोजना गरिएको सभामा न्युयोर्क, न्युजर्सी र कनेक्टिकटबाट उपस्थित भएका नेपालीहरूले देशप्रेम झल्किने गरी आफ्नो एकता र राष्ट्रिय भाव प्रकट गरेका थिए।

नेपाली एवं नेपाली मूलका अमेरिकीहरूको बाक्लो उपस्थिति रहेको परेडमा नेपालको पर्यटकीय गन्तव्यसहित, सगरमाथा, लुम्बिनी, जनकपुर एवं पशुपतिनाथको ब्यानर प्रदर्शन गरिएको थियो। स्थानीय एवं पर्यटकहरूले निकै चासो साथ नियालेको परेडमा जीवनको अनुभव बटुल्न नेपाल भ्रमण गर्नुपर्ने सन्देश पनि दिइएको थियो।

छिरिङ शेर्पाको अध्यक्षतामा सम्पन्न परेडमा मनिता गुरुङले कन्भेनरको भूमिका निर्वाह गरेकी थिइन्। परेडका लागि नेपाली महावाणिज्य दूतावास न्युयोर्कले सहकार्य गरेको थियो। त्यस्तै, पत्रकार, मोडल एवं म्युजिक भिडियो डाइरेक्टर बिक्की पुलामी र डाजिमा शेर्पाको सञ्चालनमा सम्पन्न भएको परेडमा स्थानीय कलाकारहरूले प्रस्तुति दिएका थिए।