१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ५ सोमबार
  • Monday, 19 May, 2025
नयाँ पत्रिका कञ्चनपुर
२o८२ जेठ ५ सोमबार १३:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सात वर्षमा पनि पूरा भएन दैजी–जोगबुढा सडक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ जेठ ५ सोमबार १३:१९:oo

ठेक्का सम्झौता भएको सात वर्षसम्म पनि महेन्द्रनगर र डडेल्धुराको भित्रीमधेश जोड्ने दैजी–जोगबुढा सडक निर्माण सम्पन्न हुन सकेको छैन ।

०७४ साल वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी नार्गाजुन कन्स्ट्रक्सनसँग २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौता भएको सात वर्ष बित्दा नौ किलोमिटर सडकखण्ड मात्रै कालोपत्र भएको छ । हालसम्म सडक निर्माणका लागि पाँचपटक म्याद थप भएको छ । यही ०८२ असार २० गते निर्माण सम्पन्न गर्ने गरी पाँचौँपटक म्याद थप गरिएको पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले जनाएको छ ।

कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिक पर्ने उक्त सडक निर्माण नहुँदा यहाँका स्थानीयले सास्ती खेप्नुपरेको छ ।

डडेल्धुराको भित्रीमधेशका स्थानीयले धनगढीको अत्तरिया भएर घुमाउरो बाटो प्रयोग गरी महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यता छ ।

सडक निर्माणमा सरोकारवाला निकायले चासो नदेखाउँदा निर्माण गरिएका ‘ड्रेन’समेत पुरिन थालेको स्थानीय राम धामीको भनाइ छ । डडेल्धुराको आधा जनसंख्या भएको भित्रीमधेशलाई कञ्चनपुरसँग जोड्न यो छोटो दूरीको सडक भीमदत्त राजमार्गको विकल्पसमेत हो ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले सडक निर्माणका लागि पाँचौँपटक म्याद थप गरिएको भए पनि सडक निर्माण सम्पन्न हुन नसकेको जानकारी दिए । उनका अनुसार निर्माण व्यवसायीले १८ करोड ३६ लाख रकम भुक्तानी पाइसकेको छ ।