१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 19 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२५ करोड विदेशी मुद्रा प्रकरण : मालिकसहित संलग्नहरूको खुलासा गर्न सांसद खतिवडाको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३८:oo

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले टोखाबाट बरामद गरिएको २५ करोडबराबरको अवैध विदेशी मुद्राको मुख्य दोषीलाई पक्राउ गर्न माग गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले ड्राइभर र व्यापारीलाई पक्राउ गरेर मात्रै नपुग्ने भन्दै प्रकरणको मुख्य संरक्षक र मालिकसम्म पुगेर अनुसन्धान गर्न जोड दिए।

सांसद खतिवडाले विभिन्न प्रकरणमा सधैँ ड्राइभर र भरियालाई मात्रै पक्रने, तर मुख्य दोषी र तिनको कनेक्सनबारे खुलासा नगर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘केही महिनाअघि टोखाबाट २५ करोडबराबरको युरो र डलर बरामद गरियो। ड्राइभर र व्यापारीलाई थुनियो, तर मुख्य संरक्षक को हो ? मालिक को हो ? कनेक्सन कहाँ–कहाँ छ ? को–को संलग्न छन् ? सरकारले सदनलाई जानकारी गराओस्।’

राजस्व अनुसन्धान विभागले यो प्रकरणमा कुसाङ लामा र नारायण पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूमाथि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३, ४, ५ र ९ अनुसार कसुरमा मुद्दा चलाइएको हो।

लामाले यसअघि चोरी पैठारी मुद्दामा सजाय भोगिसकेका छन्। सजाय भुक्तान गरेको पाँच वर्षभित्र पुनः कसुर गरेकोले उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४४ (२) बमोजिम थप सजाय हुने भएको छ।

बरामद गरिएको विदेशी मुद्रा (१३ लाख ७५ हजार १५० युरो र तीन लाख २० हजार ८५० अमेरिकी डलर) विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७ (१) बमोजिम जफत गर्न माग गरिएको छ। साथै, वारदातमा प्रयोग भएको ना.७ ख १६५२ नम्बरको ट्रकलाई कसुरजन्य सम्पत्ति तथा साधन (रोका, नियन्त्रण र जफत) ऐन, २०७४ को दफा ११ अनुसार जफत गर्न मुद्दा दायर भएको छ।