
बंगलादेशमा पहिलोपटक ‘नेपाली फुड फेस्टिभल’ आयोजना गरिएको छ। नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन, बंगलादेशले आयोजना गरेको फेस्टिभलमा १५ सयभन्दा बढी दर्शकहरूको सहभागिता थियो। फेस्टिभल शनिबार सम्पन्न भएकाे हाे।
विभिन्न मेडिकल कलेजबाट सहभागी नेपाली विद्यार्थीले प्रस्तुत गरेको मःम, सेलरोटी, गुन्द्रुकको अचार, चिकेन छोइला, खिर, लस्सी, पानीपुरी, चटपटेलगायतका मौलिक र परम्परागत परिकारलाई विदेशी दर्शकलाई निकै स्वाद मानेर खाएका थिए। नेपाली स्वादमा रमाएका दर्शकको उत्साह र प्रेमले कार्यक्रमलाई ऐतिहासिक बनेको थियो। नेपाली सेफ दुर्गाप्रसाद कँडेलको विशेष सेफ स्टल कार्यक्रममा प्रमुख आकर्षण बनेको एसोसिएसनका संस्थापक अध्यक्ष डा. नवीन यादवले बताए।
कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी प्रमुख अतिथि थिए। उनले कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए।
यादवले भने, ‘यो केवल एउटा कार्यक्रम मात्रै होइन। हाम्रो राष्ट्रिय पहिचान, एकता र संस्कृतिको अभियान हो। अब यात्रा सुरु भएको छ। यो त एउटा नमुना मात्र भएको र विशेष नेपाली खान, संस्कृतिको अनुभव लिन नेपाल नै आउनुपर्छ।’