१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 18 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १३:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जेठ १५ गते हाइअलर्टमा रहन आइजिपी थापाको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १३:१३:oo

प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापाले राजनीतिक व्यवस्था र संविधानविरोधी तत्त्व सल्बलाएको भन्दै यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिन निर्देशन दिएका छन् ।

आइतबार नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले जेठ १५ गते राजावादीले गर्ने भनेको प्रदर्शनमा हाइअलर्ट (उच्च सतर्क) रहन निर्देशन दिएका हुन् ।

साथै प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने भन्दै थापाले त्यसका निम्ति सबै प्रहरी युनिटलाई तयारी हालतमा रहनसमेत निर्देशन दिए । थापाले भने, ‘कानुनको कार्यान्वयन, जनताको जिउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिनुहोला ।’

पछिल्लो समय प्रहरी कर्मचारीबिच नै कुटपिटको घटना सार्वजनिक भइरहेको विषयमा उनले ड्युटीको क्रममा वा कार्यालयको काममा पनि प्रहरी कर्मचारीले आपसमा झैझगडा गर्ने र हातपात गर्नेजस्ता अमर्यादित कार्य संगठनका लागि सह्य नहुने बताए ।

‘त्यसमाथि पनि पब्लिकको अगाडि ठुलो दर्जाको अफिसरले सानो दर्जाको कर्मचारीमाथि हातपात गर्नु एकदमै मर्यादाहीन र संगठनका लागि लज्जास्पद कुरा हो,’ आइजिपी थापाले भने