१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 18 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १२:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्युतकाे खम्बामा काम गर्ने मजदुरको मृत्यु राज्यले गरेको हत्या हो : ज्ञानेन्द्र शाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १२:४९:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणको लापरबाहीको कारण धुलिखेलमा विद्युतको खम्बामा काम गरिरहेका मजदुरको करेन्ट लागेर मृत्यु भएको भन्दै आपत्ति जनाएका छन्। 

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै हिजो धुलिखेलमा घटेको घटनालाई शाहीले यस्तो बताएका हुन्। उनले करेन्ट लागेर मजदुरको मृत्यु हुनु कुनै दुर्घटना नभई हत्या गरिएको उनको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका- ७, जिल्ला प्रशासन कार्यालयअगाडिको विद्युतको खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा- १२, घारीबथाका २८ वर्षीय उपेश परियारको हिजो शनिबार मृत्यु भएको थियो ।