१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 18 May, 2025
Invalid date format ११:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मदन–आश्रितको सालिक बनाउन ढुंगा हस्तान्तरण

मदन–आश्रितको शालिक बनाउन १२ टन र  १० टनका दुईवटा ढुंगा हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२३:oo

जननेता मदन भण्डारी र जीवराज आश्रितको सालिक बनाउन इटहरी मेट्रिक्स (कला संस्कृतिक केन्द्र) लाई ढुंगा हस्तान्तरण गरिएको छ । एमाले जिल्ला कमिटी उदयपुरले एमाले सुनसरीमार्फत स्वर्गीय नेताद्वय मदन–आश्रितको सालिक बनाउन इटहरी मेट्रिक्सका कलाकार बिक्री श्रीलाई ढुंगा हस्तान्तरण गरेकाे हाे ।

एमाले उदयपुरका अध्यक्ष भागवत राउतले भने, ‘मदन–आश्रितको ३२औँ स्मृति दिवसको अवसरमा सालिक निर्माणका लागि ढुंगा हस्तान्तरण गरेका हौँ । सालिक बनेपछि एउटा इटहरीको मदन पार्कमा रहनेछ । अर्को मदन भण्डारी लोकमार्गको उदयपुर खण्डको कुनै स्थानको जग्गामा पार्क निर्माण गरी मदन–आश्रितको सालिक राख्ने योजनमा छौँ ।’

उनका अनुसार उदयपुरको त्रियुगा नगरपालिकामा पर्ने बाबरीको जंगलबाट सालिक बनाउनको लागि प्राविधिक रूपमा उपयुक्त ठहरिएकोले एउटा १२ र अर्को १० टनको ढुंगा हस्तान्तरण गरिएको हो । उदयपुरमा कम्युनिस्ट धारका पार्टीहरूले विभिन्न कार्यक्रमको आयोजना गरी शनिबार मदन–आश्रितको ३२औँ स्मृति दिवस मनाए ।