Skip This
अब तल-माथि हुँदैन, दुई–चार दिनमा नयाँ गभर्नर पाउँछौँ : सञ्चारमन्त्री गुरुङ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अब तल-माथि हुँदैन, दुई–चार दिनमा नयाँ गभर्नर पाउँछौँ : सञ्चारमन्त्री गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१५:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले दुई–चार दिनभित्रै गभर्नर नियुक्ति हुने दाबी गरेका छन्। मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका गुरुङले नियुक्तिमा अब तल-माथि नहुने बताए।

‘अब तल-माथि नभईकन हामीले दुई–चार दिनभित्र नयाँ गभर्नर पाउँछौँ,’ उनले भने। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ भएपछि सरकारले चर्को आलोचना भइरहेको छ। सरकारले बजेट ल्याउन तयारी गरिरहँदा पनि महिना दिन बढी बितिसक्दा पनि गभर्नर नियुक्ति नगरेको भन्दै सरकारको आलोचना भइरहेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज मेरिटअनुसार गभर्नर नियुक्ति हुने बताएका छन्। प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रबैंकमा मेरो कोही ल्याउनु छैन। मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो। काम गर्न सक्ने मान्छे भए देशलाई भइहाल्छ। मेरो मान्छे भन्ने चाहिँदैन। म प्रधानमन्त्री हो, तर सरकारका म मात्र छैन। त्यसैले, म सकेसम्म मेरिटोक्रेसीलाई महत्त्व दिन्छु।’