Skip This
सेती नदी–६ को डिपिआर बनाउन एक वर्ष थप म्याद
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १ बिहीबार
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १ बिहीबार o९:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेती नदी–६ को डिपिआर बनाउन एक वर्ष थप म्याद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १ बिहीबार o९:o९:oo

अर्थमन्त्रीको संयोजकत्वमा सार्वजनिक निजी साझेदारी परियोजना प्राथमिकीकरण समिति गठन 

लगानी बोर्डले भारतीय कम्पनी नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपिसी)लाई ४५० मेगावाटको सेती नदी–६ जलविद्युत् परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय अध्ययन गर्न एक वर्ष समय थप गरिदिएको छ । 

बुधबार बोर्डका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले एनएचपिसीलाई एक वर्ष समय दिने निर्णय गरेको हो । ‘सेती नदी–६ अर्धजलाशययुक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा वातावरणीय अध्ययनसमेतको सर्वेक्षण अनुमतिपत्रको अवधि एक वर्षका लागि थप गर्ने निर्णय भयो,’ बैठकपछि बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले ८०० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजनाको डिपिआर समयमै अर्थात् गत असारमै बुझाएको थियो । तर, यो परियोजनामा भने थप एक वर्ष समय थप गरिएको छ । कम्पनीले मार्च ०२३ मा परियोजनाको सर्भे लाइसेन्स पाएको थियो । त्यसको दुई वर्षमा अर्थात् गत मार्चमै कम्पनीले डिपिआर र वातावरण अध्ययन प्रतिवेदन बुझाउनुपर्ने थियो । तर, त्यो मितिमा कम्पनीले डिपिआर बुझाउन सकेन । यस्तै, वैशाख ०८१ मा सम्पन्न लगानी सम्मेलनका दौरान लगानी बोर्डबाट स्वीकृत परियोजनाको प्राथमिकताक्रम तोकी परियोजना सूची अद्यावधिक गर्ने निर्णय भएको छ ।