
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवादेखि संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्तिको निर्णय गरेको छ।
सत्यनिरूपण तथा मेलमिलापत्र आयोगको अध्यक्षमा पूर्वन्यायाधीश महेश थापा तथा बेपत्ता छानबिन आयोगमा पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई नियुक्त गरिएको छ।
सत्यनिरूपण आयोगको सदस्यमा अच्युतप्रसाद भण्डारी, टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारीकौशल्य ओझा नियुक्त भएका छन्।
बेपत्ता छानबिन आयोगको सदस्यमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपाली नियुक्त भएका छन्।
बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति पुनगर्ठन गरेको छ। विश्व पौडेलले राजीनामा दिएपछि रिक्त पदमा डा. पोषराज पाण्डेलाई नियुक्त गरिएको छ।
त्यस्तै, सहसचिव शोभाकान्त पौडेलको सचिवमा बढुवा गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।