Skip This
हर्दा खहरे सिँचाइ आयोजना सञ्चालन, बाँझो जमिनमा सिँचाइ पुगेपछि किसानहरू खुसी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
Invalid date format २o:४४:oo
Read Time : < 1 मिनेट
अर्थ

हर्दा खहरे सिँचाइ आयोजना सञ्चालन, बाँझो जमिनमा सिँचाइ पुगेपछि किसानहरू खुसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:४४:oo

मकवानपुरको बकैया गाउँपालिका–७ स्थित हर्दा खहरे बोरिङ सिँचाइ आयोजनाको उद्घाटन गरिएको छ। सिँचाइ सुविधा पुगेसँगै बाँझो जमिनमा खेती गर्न पाइने भएपछि स्थानीय किसानहरू निकै खुसी भएका छन्। 

खेतीपाती गर्न आकाशे पानीको भर पर्दै आएका किसानको खेतसम्म सिँचाइ सुविधा पुगेपछि उनीहरू खुसी भएका हुन्। आकाशे पानीको भरमा वर्षको एक मात्र बाली लगाउने किसान अब वर्षैभरि खेती गर्न पाउने आशामा छन्। सिँचाइ उपभोक्ता समितिका अध्यक्ष तोत्रप्रसाद बोलखेले सिँचाइ सुविधा भएपछि अन्नबाली मात्र नभई मौसम अनुसारका तराकारीसमेत उत्पादन गर्न सकिने बताए। जसले स्थानीयको आयआर्जनको स्रोत पनि वृद्धि हुने उनको विश्वास छ। 

बागमती प्रदेश सरकारको कुल ३६ लाख लागतमा सम्पन्न उक्त आयोजनाबाट १५ बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ। भूमिगत सिँचाइ आयोजना प्रमुख केशव जैसीले आयोजनाले १० हर्सपावर क्षमताको पम्पमार्फत आठ लिटर प्रतिसेकेन्ड पानी प्रवाह गर्न सक्ने क्षमता राख्ने जानकारी दिए। 

सिँचाइ आयोजनाको बुधबार उद्घाटन गर्दै कांग्रेस सह–महामन्त्री तथा पूर्वजलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिनाले जल र मलको योजनबाट कृषि उत्पादनमा उल्लेखनीय वृद्धि गर्न सकिने बताइन्। उनले रासायनिक मलका कारण माटोको उर्वराशक्ति कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै जैविक मल प्रयोगमा जोड दिन आग्रह गरिन्। स्थानीय सरकारहरूले जैविक मलमा अनुदान दिनुपर्ने उनको भनाइ थियो। कार्यक्रममा प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले कृषि उत्पादकत्व बढाउन सकिएमा नेपालमै रोजगारी सिर्जना गर्न सकिने उल्लेख गरे। उनले प्रदेशका उर्वर जमिनमा मल, जल, बिउ र सिँचाइको उचित व्यवस्थापन गरेर स्थानीयस्तरमै रोजगारीको सम्भावना बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । 

बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, कांग्रेस नेता आनन्दराम पराजुली, पालिकाका पूर्वअध्यक्ष दामोदर गौतमलगायतले कृषिमा आधारित उद्योगधन्दा स्थापना गर्न सके युवा पलायन रोक्न सकिने बताए। उनीहरूले त्यसका लागि तीनै तहका सरकारहरूले कृषि क्षेत्रमा योजनबद्ध लगानी बढाउनुपर्नेमा जोड दिए।