Skip This
पोखरामा माइक्रो भ्यान दुर्घटना हुँदा तीनजनाको मृत्यु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
२o८२ बैशाख ३१ बुधबार १९:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरामा माइक्रो भ्यान दुर्घटना हुँदा तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार १९:o७:oo

विद्युतीय माइक्रो भ्यान दुर्घटना हुँदा पोखरामा तीनजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ।

काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रो भ्यान पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२ लामेआहालमा दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेले जानकारी दिइन्।

११ जना  सवार माइक्रो भ्यान सडकदेखि करिब ३५ मिटर तल खेतमा खसेको थियो। प्रत्यक्षदर्शीले तीव्र गतिमा गुडेको माइक्रो भ्यानका चालकले सन्तुलन गुमाउँदा दुर्घटना भएको बताएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।