Skip This
लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन सुरु, जनमुखी नीति कार्यक्रम र बजेट  ल्याउन सुझाव
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
Invalid date format १७:o१:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन सुरु, जनमुखी नीति कार्यक्रम र बजेट  ल्याउन सुझाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:o१:oo

लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन बुधबारबाट सुरु भएको छ। प्रदेश सभाको छैटाैँ अधिवेशनको पहिलो बैठकमा दलका तर्फबाट शुभकामना व्यक्त गर्ने क्रममा बजेटका बारेमा चर्चा भएको छ। बैठकमा प्रदेश प्रमुखबाट प्राप्त पत्रहरूबारे सभामुख तुलाराम घर्तीमगरले सदनलाई जानकारी दिए भने संसदमा प्रतिनिधित्व गर्ने दलका तर्फबाट अधिवेशन सफलताको शुभकामनासहित समसामयिक विषयमा सांसदहरुले धारणा राखे।

दिउँसो १ बजे सुरु भएको बैठकमा सत्ता तथा प्रतिपक्ष दलका सांसदहरूले नीति कार्यक्रम र बजेट जनमुखी बन्नुपर्नेमा जोड दिएका छन्। नीति कार्यक्रम र बजेट ल्याउँदा सरकारले आवश्यक तयारी गरेर प्रदेशको विकासलाई ध्यान दिएर ल्याउन उनीहरूको सुझाव छ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारूले नीति तथा कार्यक्रम र बजेटका लागि सरकारले आवश्यक तयारी नगरेको भन्दै तयारीका साथ प्रदेशको विकासमा योगदान पुग्ने गरी बजेट ल्याउन आग्रह गरे। बजेट र नीति कार्यक्रमबिच तालमेल हुनुपर्ने उनको धारणा छ। उनले प्रदेशको आर्थिक सर्वेक्षणमा आधारित नीति तथा कार्यक्रम ल्याइनुपर्नेमा जोड दिए।

जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ताले युवा, दलित, बेरोजगार, किसानलगायतको समस्या समाधान गर्न मद्दत मिल्ने बजेट ल्याउन सुझाव दिए। उनले सदनमा उठेका आवाजहरूको जवाफ समयमै आउनुपर्ने धारणा राखेका थिए।

राप्रपाकी सांसद मीनाकुमारी श्रेष्ठले लुम्बिनी प्रदेशको समग्र विकासमा प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताइन्। सत्तापक्ष नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले सरकारले साझा नीति तथा कार्यक्रम ल्याउने गरी दलहरूसँग सुझाव संकलन गरेर आधार निर्माण गरेको दाबी गरे। वर्तमान सरकारले समयमा अधिवेशन आह्वान गरेको भन्दै उनले नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताका विषयमा छलफल गर्न पर्याप्त समय भएको जिकिरसमेत गरे।

कांग्रेस प्रमुख सचेतक जमुना ढकालले हचुवाको भरमा बजेट ल्याउन नहुनेमा जोड दिँदै जनमुखी कार्यक्रमसहित यथार्थपरक बजेट ल्याउन सुझाव दिइन्। जसपाका भण्डारीलाल अहिरले सरकारले ल्याउने नीति तथा कार्यक्रममा प्राथमिकता स्पष्ट हुनुपर्ने बताए। निर्वाचन क्षेत्रमा विनियोजन भएको बजेट खर्च नहुँदा फ्रिज हुने अवस्था आएको उल्लेख गर्दै उनले नीति तथा कार्यक्रममा सबैलाई अपनत्व हुने गरी तयार गर्न सुझाव दिए। बजेट पूर्ण रूपमा खर्च हुने अवस्था बनाउन उनको जोड छ। साथै, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए।

सभामुख तुलाराम घर्तीमगरले अर्को बैठक  जेठ १ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी तोकेका छन्।