
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रेमिट्यान्स मात्र गनेको आरोप लगाएका छन् । बुधबार संसद्को शून्य समयमा बोल्दै सांसद झाले जिल्ला, राष्ट्र बैंक र सरकारले मजदुरले पठाएको रेमिट्यान्स गनेर मृतकको संख्या, पीडा र सामाजिक मूल्यमान्यता नगनेको आरोप लगाए ।
सातौँ शताब्दीदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीको पीडा अहिले पनि उस्तै रहेको भन्दै उनले सम्बन्धित निकायको ध्याकर्षण गराए । उनले साउदी अरबको जुबेलमा रहेका ४६९ मजदुरका पीडा सम्बोधन गर्न सम्बन्धित राजदूतावासलाई सक्रिय हुन आग्रह गरे ।