Skip This
‘नेपालमा कृषि बिमा’सम्बन्धी पुस्तक बजारमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:१८:oo
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

‘नेपालमा कृषि बिमा’सम्बन्धी पुस्तक बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:१८:oo

नेपालमा कृषि बिमाको विकासबारे जानकारीमूलक पुस्तक ‘नेपालमा कृषि बिमा’ बजारमा आएको छ । बिमाविज्ञ डा. रवीन्द्र घिमिरेसहित शिवसुन्दर घिमिरे, डा. गिरीप्रसाद कँडेल र सुदीप पौडेलको संयुक्त लेखनमा प्रकाशक बेन्चमार्क पब्लिकेसनले बजारमा ल्याएको हो । 

यो पुस्तक अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, बिमा व्यवसायीलाई सान्दर्भिक हुने लेखक डा. रवीन्द्र घिमिरेले बताए । नेपालमा कृषि बिमा विकास र अभ्यासमा रुचि राख्नेका लागि पनि यो पुस्तक सान्दर्भिक रहेको उनको भनाइ छ । ‘पुस्तकमा कृषि बिमाको सैद्धान्तिक आधार तथा विश्व र नेपालमा अभ्यासमा रहेका बिमा पोलिसीबारे उल्लेख गरेको छ । साथै, तथ्यांकसहित नेपालको कृषि बिमाको विकासक्रम, विगत र वर्तमानमा भएका नीति, कार्यक्रम र संस्थागत संरचनाको विश्लेषण गरिएको छ,’ उनले बताए । 

कृषि बिमा सम्बन्धमा विश्वमा अभ्यासमा रहेका विभिन्न पोलिसी तथा असल अभ्यासबारे पनि चर्चा गरिएको अर्का लेखक सुदीप पौडेलले बताए । ‘कृषि बिमाका कानुनी आधार र अनुदानका विषय, प्रविधिको प्रयोगजस्ता महत्वपूर्ण विषयमा बहस प्रस्तुत गरिएको छ । नेपालका निर्जीवन बिमा कम्पनीहरूले यस क्षेत्रमा खेलेको भूमिकालाई निकै विश्लेषणात्मक ढंगबाट चर्चा गरिएको छ,’ उनले भने, ‘कृषि बिमाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएका संघ–संस्था र तिनका क्रियाकलापको पनि चर्चा गरिएको छ ।