
काठमाडौं महानगरपालिकाले यही जेठ ७ गतेबाट काठमाडौंको टुँडिखेलमा सिप मेला २०८२ आयोजना गर्ने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि नारा दिएर महानगरले सिप मेला अहायोजना गर्न लागेको हो । कार्यक्रममार्फत सिप नजानेकालाई सिप सिकाउने, सिपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएर बजारमा सिपयुक्त जनशक्ति उपलब्ध गराउने महानगरको उद्देश्य छ ।
आन्तरिक रोजगारीको सम्भावना देखाउने, सिप नभएर औपचारिक क्षेत्रको अर्थतन्त्रमा बसिरहेका जनशक्तिलाई औपचारिक रोजगारी र उद्यमका अवसर सिर्जना गर्ने, दक्ष जनशक्तिलाई राेजगारीका क्षेत्रसँग जोड्ने अपेक्षा मेलाले गरेको छ । इच्छुक व्यक्तिहरूलाई सहरी योजना आयोगको सचिवालयमा सम्पर्क गर्नसमेत महानगरले अनुरोध गरेको छ ।